×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोनाभाइरसको भ्याक्सिन तयार गरेको इजरायलका रक्षामन्त्री बेनेटको दाबी

LAXMI SUNRISE BANK

कारोनाभाइरसको भ्याक्सिन तयार गरेको इजरायलका रक्षामन्त्री बेनेटको दाबी

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् ।
उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले भ्याक्सिन तयार गर्नमा सफलता हासिल गरेको छ । यो महामारीसँग लड्न मिललाई पत्थर सावित हुनेछ । बेनेट सोमबार इन्टिच्यूट पूगेका थिए ।
रक्षामन्त्री बेनेटले भने- आईआईबीआरका शोधकर्ताले कोरोनाको एन्टिबडी विकसित गरेका हुन् । यो एन्टिबडी मोनोक्लोनल तरिकाबाट भाइरसमाथि हमला गर्दछ र त्यसलाई शरीरभित्रै मार्नमा सक्षम छ । भ्याक्सिन विकासको चरण अब पूरा भएको छ ।
बेनेटले भने, ‘एन्टिबडी फर्मूलाको पेटेन्ट गरिँदैछ । यसपछि अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक स्तरमा यसको उत्पादनको लागि सम्पर्क गरिनेछ । हामीलाई यो सफलताको लागि इन्टिच्यूटका कर्मचारीप्रति गर्व छ ।’
तर उनले यो भ्याक्सिनको परीक्षण मानवमा भयो कि भएन भनेर स्पष्ट पारेका छैनन् । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी