×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामान्य अवस्थामा फर्किँदै चीन : वुहानमा खुले विद्यालय, विद्यार्थीहरु खुसीले गदगद !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामान्य अवस्थामा फर्किँदै चीन : वुहानमा खुले विद्यालय, विद्यार्थीहरु खुसीले गदगद !

Artha Sarokar

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् । विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्नु अनिवार्य गरिएको छ । साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने बताइएको छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए ।
 
पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । त्यसैले वुहानले पनि बुधबारदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । यसअघि नै बिस्तारै वुहानमा प्रतिबन्ध हट्दै आएको थियो । बुधबार बुहानमा ५७ हजार आठ सय विद्यार्थीहरु विद्यालय फर्किने बताइएको छ । एक सय २१ विद्यालयहरु खुल्नेछन् । बुधबार चीनमा केवल दुई नयाँ संक्रमित फेला परेका छन् । यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८८३ पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३३ पुगेको छ । चीनमा अब तीन सय ५० भन्दा पनि कम बिरामी बाँकी निको हुन बाँकी छन् । जसमध्ये २६ जनाको अवस्था गम्भीर छ ।
यद्यपि चीनको तथ्यांकमा भने विभिन्न किसिमको आशंका व्यक्त गरिँदै आएको छ । विशेषगरी अमेरिकाले चीनले वास्तविक संख्या लुकाइरहेको बताउँदै आएको छ । -बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी