×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षका पुरुषमा पनि देखियो पुन: कोरोना संक्रमण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षका पुरुषमा पनि देखियो पुन: कोरोना संक्रमण !

Artha Sarokar

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • र्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसलाई जितेर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ । पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । 
उपचारपछि पाटन अस्पतालबाट आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । 
मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी