
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् । सथपग्रहण पछि गौतमले आजै पदभार समेत ग्रहण गरेका छन् ।
सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाए । प्रतिनिधिसभा र राष्ट्रियसभाको एउटै सचिवालय भएकाले दुबै सदनलाई समन्वय गरेर अगाडी बढाउनुपर्ने पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायीक ढंगले निर्वाह गर्ने बताए ।
सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्