×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको ब्याज मिनाहा गर्न सकिँदैन, तर भाका सार्न सकिन्छ…’ : गभर्नर अधिकारी

LAXMI SUNRISE BANK

‘बैंकको ब्याज मिनाहा गर्न सकिँदैन, तर भाका सार्न सकिन्छ…’ : गभर्नर अधिकारी

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 
उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको पनि बताए । उनले भने ‘ब्याज मिनाहाको माग आइरहेको छ, तर त्यो सम्भव छैन’ । 
उनले व्यवसायीले तिर्नुपर्ने ऋणको भाका भने सार्न सकिने बताए । यता सांसदहरुले पनि नेपालमा बैंक ब्याजदर  धेरै रहेको बताउँदै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी