×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खेतमा गएका नेपालीलाई एसएसबीले कुटपीटपछि बारामा तनाब

LAXMI SUNRISE BANK

खेतमा गएका नेपालीलाई एसएसबीले कुटपीटपछि बारामा तनाब

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुरमा नेपाली र भारतीयबीच झडप भएको छ । बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् । झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ ।अन्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए । 
‘खेतमा काम गर्न गएका स्थानीयलाई एसएसबीले कुटपीट गरेपछि स्थिति बिग्रिएको हो । दुवैतिरबाट सर्वसाधारण झडपमा उत्रिएका थिए,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सुरक्षाकर्मी बढी आएका थिए ।’ सीमा क्षेत्रमा स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत छ । पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न गएका थिए । खेतमै रहेको अवस्थामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले कुटपीट गरेको उनी बताउँछन् ।
‘खेतको बीच भागमा पुगेको थिएँ, एसएसबीले आएर घर्यो, समातेर सीमामा हिँड् भन्दै थिए । दुईचार डण्डा पनि लगाइहाले,’ उनले भने । आफूलाई एसएसबीले ज्यादती गरेको भन्दै उनले गाउँलेसँग गुहार मागेका थिए । त्यसपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएपछि स्थिति तनावपूर्ण बनेको थियो । पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेका थिए । बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले लकडाउनका कारण दुवैतर्फका मानिसहरु तनावमा रहेकोले सामान्य विवाद भएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी