
काठमाण्डौ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन क्षेत्रमा काम गर्ने मजदूरहरु हटाउन लागेको हो । जीई भनिने यस कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रारम्भमा मार्चमा २ हजार ६०० कर्मचारी कटौती गर्ने जनाएको थियो। कम्पनीले उड्डयन क्षेत्रका कारखानाबाट करिब २५ प्रतिशत रोजगारी कटौती गर्ने अर्थात १३ हजार कर्मचारी हटाउने लक्ष्य राखेको छ।
बोइङले पनि गत साता नागरिक बिमान उत्पादन कारखानामा कार्यरत करिब १० प्रतिशत अर्थात १६ हजार कर्मचारी हटाउने घोषणा गरेको थियो। बोइङका ७८७, ७७७ र ७३७ म्याक्स शृंखलाका बिमानहरु निर्माणमा अबरोध आएपछि उत्पादनमा व्यापक कटौती भएको छ। बोइङको यस समस्याका कारण जीई कम्पनीले पनि क्षति व्यहोर्नु परेको छ। जीई कम्पनीले बोइङ र एयरबस दुबैका लागि इन्जिन निर्माण गर्दछ।
गत फेब्रुअरीको तुलनामा दोस्रो चौमासिकमा विश्वभर नै हवाई उड्डयनमा ८० प्रतिशतले कमी आउने जीईको अनुमान छ। जीईले आफ्ना करिब ५२ हजार कर्मचारीलाई यस विषम परिस्थितिका बारेमा लिखित जानकारी पनि दिइसकेको छ। जीईका सिइओ डेभिड जोयसले कर्मचारीहरुलाई पठाएको पत्रमा कम्पनीको व्यवसाय जोगाउन पनि कर्मचारी कटौतीजस्तो कठिन निर्णय गर्नु परेको बताउनुभएको छ।
यो कर्मचारी कटौतीको मुख्य उद्देश्य नै यस वर्ष करिब ३ अर्ब डलर बचत गर्नु हो । यसबाहेक, बिमानहरुको मर्मतका क्षेत्रमा कार्यरत आधाभन्दा बढी कर्मचारीले तीन महिनादेखि काम पाएका छैनन्। नयाँ कर्मचारी भर्ना रोकिएको छ भने बोनस बाँड्ने अवस्था छैन । जीईको पहिलो चौमासिकमा आम्दानीमा झण्डै ८ प्रतिशतले कमी आई २० अर्ब ५० करोड डलरमा सीमित भएको छ। -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्