×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जर्मनीमा अहिलेसम्म फेला परेभन्दा १० गुणा बढी संक्रमित रहेको अनुमान, अनुसन्धानकर्ताहरुले निकाले यस्तो आंकडा

LAXMI SUNRISE BANK

जर्मनीमा अहिलेसम्म फेला परेभन्दा १० गुणा बढी संक्रमित रहेको अनुमान, अनुसन्धानकर्ताहरुले निकाले यस्तो आंकडा

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जर्मनीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या हालसम्मको आधिकारिक तथ्यांकभन्दा १० गुणा बढी रहेको हुनसक्ने अनुमान गरिएको छ। बोन्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले जर्मनीमा १८ लाख मानिसहरु संक्रमित भएको अनुमानित आंकडा निकालेको छ। तर अहिलेसम्म त्यहाँ एक लाख ६० हजार मानिसहरु कोरोना संक्रमित रहेको आधिकारिक पुष्टि भएको छ।
कोरोनाबाट सबैभन्दा प्रभावित हेइन्सवर्ग शहरमा विश्वविद्यालयका ९१९ जना मानिसहरुबाट स्वास्थ्यजाँचका लागि आवश्यक नमुना लिएको थियो। अध्ययनले हरेक पाँचमध्ये एकजनामा कोरोनाको लक्षण रहेको देखाएको छ। जर्मनीले अहिले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ। त्यहाँका चिडियाखाना, संग्रहालय र कपाल काट्ने पसलहरु खुला गरिएको छ । केही स्थानमा विद्यालयहरु पनि सञ्चालनमा ल्याइएको छ।  अहिलेसम्म जर्मनीमा कोरोना संक्रमणबाट ६,८६६ जनाको ज्यान गएको छ। -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी