×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या पन्ध्र सय नाघ्यो, दिनमै १ सय ९५ को मृत्यु

LAXMI SUNRISE BANK

कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या पन्ध्र सय नाघ्यो, दिनमै १ सय ९५ को मृत्यु

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय नाघेको छ ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । यो समेत गरेर  भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको छ ।
सोमबार यो संख्या एक हजार तीन सय ७३ थियो । त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ । त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशमा पनि दुई हजार नौ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा एक सय ६५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ६६ जनामा संक्रमण देखिँदा ५० जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि एक हजार दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म पाँच सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी