×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो हुनेछ आगामी ३ दिनको मौसम, ४ वायु प्रणाली सक्रिय

LAXMI SUNRISE BANK

यस्तो हुनेछ आगामी ३ दिनको मौसम, ४ वायु प्रणाली सक्रिय

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा ४ वटा वायु प्रणालीको प्रभाव रहेको जनाएको छ । विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको हो।
यसको कारण हाल देशको पश्चिमी भु-भागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाकी भु-भागमा सामान्य बदली रहेको विभागले जनाएको छ।साथै विभागका अनुसार आगामी ३ दिनसम्म वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाढी पूर्वानुमान विभागले पनि आगामी ३ दिन सम्मै बर्षा हुने संभावना रहेकोले महाकाली,कर्णाली,पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा आगामी ३ दिन सम्मै बहाव समान्य बढ्ने जनाएको छ ।
यस्तो छ विभागले गरेको मौसम पूर्वानुमान । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी