×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन महिनापछि खुले भियतनामका विद्यालय, नेपालमा कहिले खुल्लान् ?

LAXMI SUNRISE BANK

तीन महिनापछि खुले भियतनामका विद्यालय, नेपालमा कहिले खुल्लान् ?

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कोभिड–१९ को संक्रमण नियन्त्रण गर्नका लागि विगत तीन महिनादेखि बन्द भियतनामका विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । भियतनाम समाचार एजेन्सीका अनुसार देशका लगभग २ करोड विद्यार्थीहरु आजदेखि कक्षा कोठामा फर्किएका हुन् । 
६३ प्रान्तमध्ये १८ प्रान्त र केन्द्रद्वारा सञ्चालित सहरहरुले आजदेखि विद्यालय सञ्चालनमा ल्याएका छन् भने ३० अन्यले प्राइमेरी स्कुल र किन्डरगार्टन्सलाई सञ्चालनमा ल्याएका छन् । त्यहाँ माध्यमिक तहका विद्यार्थीहरु अप्रिल अन्त्यदेखि नै विद्यालय जान थालिसकेका थिए ।
हानोइ र हो चि मिन्ह सहरलगात अन्य १० सहरले प्राइमेरी र किन्डरगार्टन्सलाई केही समयपछि सञ्चान गर्नेछ । भियतनाम समाचार एजेन्सीका अनुसार धेरै विद्यालयहरुले कक्षाकोठामा सामाजिक दुरी कायम गर्दै बेञ्चहरु मिलाएर राखिएका छन् भने कतिले कक्षाकोठामा विद्यार्थीको संख्या घटाएर विभिन्न समूहमा विभाजन गरेका छन् । यद्यपि, शिक्षक र कक्षा कोठाको अभावमा धेरै विद्यालयहरुलाई सामाजिक दुरी कायम गर्नका लागि अप्ठ्यारो भइरहेको पनि समाचारमा उल्लेख गरिएको छ ।
केही विद्यालयले कक्षाको तालिका परिवर्तन गर्दै इन्टरनेट र टेलिभिजनको माध्यमबाट पढाउन जारी राखेका छन् । यता नेपालमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले पुन: लकडाउन थप गर्ने तयारी थालेको छ । जसले गर्दा विद्यालयहरु पनि खुल्न नसक्ने देखिन्छ । लकडाउन अवधि थप भएपछि विद्यालयहरु स्वत बन्द नै रहनेछन् ।  -एजेन्सीको सहयोगमा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी