×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिग्राही मटियर्वामा लुटपाट, १० लाख बराबरको धनमाल लुटेको पीडितको आरोप

PRIME CA

सिग्राही मटियर्वामा लुटपाट, १० लाख बराबरको धनमाल लुटेको पीडितको आरोप

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

लहान । सिरहाको लहान नगरपालिका-१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात/आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद ६ लाख र गरगहनासमेत गरी करीब १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ ।
लुटेराहरू भर्याङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद ६ लाख र छोरी-बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिनुभयो । लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । केही बोले मारिदिने धम्की दिएको ठाकुरले समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ । 
लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उहाँले बताउनुभयो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: