×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथामका लागि अर्थ मन्त्रालयद्वारा ३ अर्ब ४२ करोड बजेट निकासा, के-के मा हुन्छ खर्च ?

LAXMI SUNRISE BANK

कोरोना रोकथामका लागि अर्थ मन्त्रालयद्वारा ३ अर्ब ४२ करोड बजेट निकासा, के-के मा हुन्छ खर्च ?

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ३ अर्ब ४२ करोड रुपैयाँ निकासा गरेको छ । अर्थले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई यो बजेट दिएको हो।
रक्षा मन्त्रालयका लागि २ अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ५० करोड रुपैयाँ भने सरकारले कोरोना रोकथामका लागि स्थापना गरेको कोसमा जम्मा गरिएको मन्त्री खतिवडाले जानकारी दिए । संसदको अर्थसमितिको बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि जानकारी गराए।
यस्तै बैठकमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई आवश्यकताअनुसार खर्च गर्दै जाने पनि बताए । अर्थमन्त्री खतिवडाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले गरेको सिफारिसअनुसार अर्थ मन्त्रालयले रकम निकासा दिँदै जाने जानकारी गराएका छन् ।
मन्त्री खतिवडाले चालु वर्षमा राजस्वमा अहिले दबाब बढेको बताए । चैत मसान्तसम्ममा राजस्व लक्ष्यको ८० प्रतिशत मात्रै संकलन गर्न सफल भएको र अहिले भन्सारसँगै अन्तस्शुल्क र मूल्यअभिवृद्धि करमा पनि दबाब बढेको बताए। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी