×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सीमा क्षेत्रमा थप कडाइ गर्न आवश्यक प्रक्रिया अघि बढ्याे’ : गृह मन्त्रालय

LAXMI SUNRISE BANK

‘सीमा क्षेत्रमा थप कडाइ गर्न आवश्यक प्रक्रिया अघि बढ्याे’ : गृह मन्त्रालय

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि त्यसरी प्रवेश गर्नेलाई निगरानी गर्न सुरक्षा बल बढाउनेसमेत तयारी गरिएको छ । 
सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको गृह मन्त्रालयले जनाएको छ । यसअघि बसेको सुरक्षा समिति बैठकको निर्णय अनुसार महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ रहेका सशस्त्र र नेपाल प्रहरीलाई भने सीमा सुरक्षामा खटाउने गृहकार्य भइरहेको हो । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्री रामबहादुर थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले विशेष सावधानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी