×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस : फ्रान्स, इटली र स्पेनमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

LAXMI SUNRISE BANK

कोरोना भाइरस : फ्रान्स, इटली र स्पेनमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – फ्रान्स, इटली र स्पेनमा दैनिक रुपमा मृत्यु हुनेको दर घट्न थालेको छ । फ्रान्समा आइतबार १ सय ३५ ले ज्यान गुमाए, स्पेनमा मध्य मार्चयताकै सबैभन्दा कम १ सय ६४ र इटलीमा दुई महिनायताकै कम १ सय ७४ जनाले ज्यान गुमाए । 
यता, रुसमा भाइरस थप फैलिरहेको छ र १० हजार नयाँ व्यक्तिमा संक्रमण देखिएको छ । यद्यपी, रुमको मृत्युदर अन्य देशको दाँजोमा निकै कम छ । रुसमा आइतबार ५८ जनाको मृत्यु भयो र कुल संख्या १ हजार २ सय ८० पुग्यो । यहाँ, १ लाख ३४ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ ।
बेलायतमा आइतबार थप ३ सय १५ जनाको मृत्यु भएको छ । यहाँ, कुल २८ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ । अमेरिका र इटलीपछि बेलायत धेरै व्यक्तिको मृत्यु हुनेमा तेस्रो स्थानमा छ । विश्वभर झन्डै ३५ लाखमा संक्रमण देखिएको पुष्टि भइसकेको छ र २ लाख ५० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 
स्पेनमा के हुँदैछ ?
आइतबार स्पेनमा १ सय ६४ जनाको मृत्यु भयो र यो मध्य मार्चयताकै सबैभन्दा कम मृतक संख्या हो । शनिबार ७ सातापछि पहिलोपटक वयस्कहरुलाई व्यायाम र घुम्नका लागि बिहान बाहिर निस्कन दिइएको थियो । एक साताअघि १४ वर्षमुनीका बालबालिकाका लागि लकडाउन खुला गरिएको थियो । सोमबार सार्वजनिक यातायतमा मास्क अनिवार्य हुनेछ र केही सैलुनलगायत केही साना व्यवसाय पनि खुला हुनेछन् ।

इटलीमा के हुँदैछ ?
दुई महिनाअघि लकडाउन सुरु भएको थियो । त्यसयता, इटलीमा कोरोना भाइरससँग सम्बन्धित मृत्यु बल्ल घटेको छ । नयाँ संक्रमित र आईसीयुमा भर्ना हुनेको संख्या घट्दैछ । यहाँ पनि आजबाट लकडाउन खुकुलो हुँदैछ । सामाजिक दूरी कायम राखेर इटालियनहरु व्यायामका लागि निस्कन पाउनेछन् । उनीह आफ्नो क्षेत्रमा रहेका आफन्तको घर पनि जान पाउनेछन्, तर साथीभाई भेट्न पाउनेछैनन् ।

विद्यालय, सिनेमा हल र अधिकांश पसल अझै बन्द हुनेछन् । जुनदेखि बार र रेस्टुरेन्ट खोल्ने तयारी गरिएको छ ।इटलीमा २८ हजार ८ सय ८४ जनाको मृत्यु भइसकेको छ । यसभन्दा धेरै मृत्यु अमेरिकामा मात्रै भएको छ, जहाँ ६८ हजारले ज्यान गुमाइसकेका छन् । बेलायतमा २८ हजार ४ सय ४६, स्पेनमा २५ हजार १ सय र फ्रान्समा २४ हजार ७ सय २९ जनाको मृत्यु भइसक्यो । 

फ्रान्समा के हुँदैछ ?
फ्रान्समा दैनिक मृतकको संख्या मार्चयताकै कम भएको छ । फ्रान्सको पेरिस क्षेत्रस्थित इन्टेन्सिभ केयर प्रमुख वाइभेस कोहेनले दिएको जानकारीअनुसार डिसेम्बर २७ मै फ्रान्समा कोरोना देखिएको थियो । 
जबकी, यसको एक महिनापछि मात्रै फ्रान्समा पहिलो संक्रमण भेटिएको पुष्टि गरिएको थियो । कोहेनका अनुसार डिसेम्बर र जनवरीमा स्वास प्रश्वास सम्बन्धी समस्या देखिएका २४ बिरामीको फ्लु र अन्य कोरोना भाइरस परीक्षण गरिएको थियो, नतिजा नेगेटिभ नतिजा आयो । यी २४ बिरामीमा निरन्तर निगरानी गरिएको र त्यसक्रममा एक बिरामीमा २७ डिसेम्बरमै कोभीड–१९ पोजेटिभ देखिएको पुष्टि भएको उनले बताए । ‘यी २४ बिरामीमध्ये एकजनाको कोभीड–१९ पोजेटिभ २७ डिसेम्बरमै आयो । नतिजा पुष्टि गर्नका लागि धेरैपटक परीक्षण गरियो ।’

फ्रान्सले ११ मेदेखि लकडाउन खोल्ने योजना बनाएको छ । विद्यार्थीहरु चरण चरणमा गरेर विद्यालय फर्कनेछन्, केही व्यापार खुल्नेछन् र मानिसलाई आफ्नो घरबाट १ सय किलोमिटर परसम्म घुम्न दिइनेछ । -एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी