×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा मेयरले सुरु गरे ‘कृषि क्रान्ति’ : खेत खन्नेलाई बिउ उपहार, बाँझो राख्नेलाई कारवाही ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

चितवनमा मेयरले सुरु गरे ‘कृषि क्रान्ति’ : खेत खन्नेलाई बिउ उपहार, बाँझो राख्नेलाई कारवाही ! (भिडियो रिपोर्ट)

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु गरेको छ । नगरापालिका भित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती सुरु गरिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाझो जमिनमा सामूहिक खेती सुरु गरिएको नगरपालिकाका मेयर नारायण वन बताउँछन् । उनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करिब ३० विगाहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको छ । 
नगरपालिकाले विपन्न वर्गका ३ सय परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको सुरुवात गरेको हो । सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ । यस्तै बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको छ । विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेती गर्ने अभियान सञ्चालन गरिएको मेयर वनले बताए ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरीएपछि समस्यामा परेका विपन्न वर्गका लागि नगरपालिकाले ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो । काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो । 
हेर्नुहोस् भिडियो:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी