×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक डाउनको ४१ औं दिन, पासबाहक सवारीहरुको भिड बढ्दो

LAXMI SUNRISE BANK

लक डाउनको ४१ औं दिन, पासबाहक सवारीहरुको भिड बढ्दो

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जारी भएको लक डाउनको आज ४१ दिन पुगेको छ । गत चैत ११ गतेबाट सुरु भएको लक डाउन ४१ दिनसम्म आइपुग्दा लक डाउनको पूर्ण पालना भएको पाइएको छ । 

यद्यपि, केही स्थानमा भने यसको उल्लङ्घन पनि भएको छ । विभिन्न ठाउँमा प्रहरीले चेकजाँचमा कडाई गरेपनि तरकारी बजार र मुख्य बजार भन्दा भित्री क्षेत्रमा लक डाउनको पूर्ण पालना भएको पाइएको छैन् । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँहरुमा सामाजिक दुरी पालना नभएको पाइएको छ ।
अत्यावश्यक र पासबाहक सवारीहरुको भिड पनि पछिल्लो दिनमा बढेको छ । चेकजाँचमा कडाई भएकाले पनि सवारीहरुको लामो लाइन देख्न सकिन्छ । प्रहरीले अनावश्यक रुपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । लक डाउनल २५ बैशाखसम्म घोषणा गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी