
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमण फैलने क्रम नरोकिएपछि मलेशिया सरकारले अनधिकृतरुपमा बसोवास गरिरहेका आप्रवासी कामदारहरुलाई पक्राउ गर्न शुरु गरेको छ । लकडाउनकै बीच राजधानी क्वालालम्पुरमा शुक्रवार शुरु गरिएको विशेष कारबाहीमा प्रहरीले इजाजतको म्याद सकिएका तथा इजाजत नभएका कामदारहरुलाई पक्राउ गरेको छ ।
पक्राउ परेका कामदारहरु कुन-कुन देशका र कति संख्यामा छन् भन्ने केहि पनि खुलाइएको छैन । त्यस्ता कामदार कहाँ जान्छन्, बस्छन र के गर्छन् भन्ने एकिन गर्न कठिनाइ हुने भएकोले पक्राउ गरिएको त्यहाँका प्रहरी प्रमुखले बताएका छन् । संयुक्त राष्ट्र संघले नियन्त्रणमा रहेका बालवालिका, तीनका आमा र कमजोर अवस्था भएकाहरुलाई मुक्त गर्न मलेशिया सरकारलाईआग्रह गरेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मलेशियामा कोभिड-१९ संक्रमण भएर हालसम्म एक शय तीन जनाको मृत्यु भएको छ भने ६ हजार १७६ जनामा संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्