×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघ्यो, संक्रमितको संख्या कति ?

LAXMI SUNRISE BANK

विश्वमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार नाघ्यो, संक्रमितको संख्या कति ?

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ४४ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ८ हजार ६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६७ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ५९ हजार ५ सय ६४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ भने अहिलेसम्म १ हजार ३ सय २३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५९ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी