×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयो औपचारिक सरकारी तथ्यांक, अहिलेसम्म कति पुगे कोरोना संक्रमित ? (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

आयो औपचारिक सरकारी तथ्यांक, अहिलेसम्म कति पुगे कोरोना संक्रमित ? (भिडियो रिपोर्ट)

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार(आज) दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके र रुपन्देही जिल्लामा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । रुपन्देहीका २५ वर्षीय पुरुसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र बाँकेका ६० वर्षीय पुरुसको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोराना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यससँगै नेपालका कुल संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये ४९ जना पुरुष छन भने १० जना महिला छन् । यसमध्येपनि १६ जना निको भएर घर फर्किइसकेका छन् । अस्पतालमा उपचार गराइरहेका सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
अहिलेसम्म पीसीआर प्रविधिबाट १२ हजार ५ सय ७७ नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट कुल ४७ हजार ७ सय ९७ परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ परीक्षण भएको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सूदुरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या २४ हजार ९ सय ७ रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा २ हजार ८ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३२, बागमती प्रदेशमा ५ सय ३८, गण्डकी प्रदेशमा ७ सय ८, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ र सूदुरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । 
मन्त्रालयका अनुसार देशभर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९४ रहेको छ भने ५ जना काठमाडौंमा र ८९जना उपत्यका बाहिरका अस्पतालहरुमा रहेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी