×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोल्पामा क्वारेन्टाइनमा बस्नेको संख्या अधिक, व्यवस्थापनमा समस्या

LAXMI SUNRISE BANK

रोल्पामा क्वारेन्टाइनमा बस्नेको संख्या अधिक, व्यवस्थापनमा समस्या

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रोल्पा । रोल्पामा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइनमा बस्नेहरुको संख्या धेरै भएपछि व्यवस्थापनमा समस्या भएको छ । संख्या धेरै भएपछि खानेबस्ने व्यवस्था मिलाउन कठिन भएको हो । जिल्ला प्रशासन कार्यालयको विवरणनुसार यहाँका क्वारेन्टाइनमा बस्ने ६ हजार ९ सय २२ छन् । तीमध्ये दुई हजार ४०५ महिला छन् । हालसम्म क्वारेन्टाइनमा बसेकामध्ये ९८६ जना घर फर्किएका छन् । 
उनीहरुलाई १४ दिन राखेर थप सात दिन होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर घर पठाइएको हो । हालसम्म २६ हजार ७१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । दश स्थानीय तहमा सात हजार ७७ शय्या छन् । क्वारेन्टाइनमा बस्ने धेरै भएपछि खानेबस्ने प्रबन्ध मिलाउन समस्या भएको छ । हालसम्म १० जना आइसोलेशनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जानकारी दिनुभयो । 
दुई जनालाई अहिले पनि आइसोलेशनमा राखेर उपचार गरिएको छ । रोल्पा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र होलेरीमा गरी २३ शय्याको आइसोलेशन व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म आरडिटी गरिएका २९८ मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति अरुण भिटुले वताउनुभयो । जिल्ला बाहिर गएकाहरु भित्रिने क्रम बढेसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको चाप बढेको हो । चाप बढेसंँगै व्यवस्थापन निकै समस्या भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले गुनासो गर्नुभयो । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी