
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतमा खाना पकाउने ग्याँसको मूल्य घटेको छ। भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्याँसको मूल्य घटाएका हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु घटेको छ ।
भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ। आजसहित लगातार तीन महिना भारतमा ग्याँसको मूल्य घटेको हो । भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्याँस प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ। मुम्बइमा ७१४ बाट घटेर ५७९ भारुमा कायम भएको छ भने कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ। भारतमा खाना पकाउने ग्याँसको मूल्य घटेसँगै नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने हुँदा ग्याँसको मूल्य घट्ने देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्