×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोलुखुम्बुको स्थानीयलाई काठमाडौंबाट प्लेन चार्टर्ड गरी गाउँ फर्काइने, शुक्रबार बेलुकासम्म नाम टिपाइसक्नुपर्ने

LAXMI SUNRISE BANK

सोलुखुम्बुको स्थानीयलाई काठमाडौंबाट प्लेन चार्टर्ड गरी गाउँ फर्काइने, शुक्रबार बेलुकासम्म नाम टिपाइसक्नुपर्ने

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं अड्किएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ । गाउँपालिकाले यसको जानकारी गराएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ र्फकन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ । यसरी र्फकंदा हवाई जहाजमा लाग्ने टिकटको मूल्य भने यात्रु आफैले तिर्नुपर्ने शर्त राखिएको छ ।
क्वारेन्टाइनसम्बन्धी नियम लागु हुने शर्तमा स्थानीयलाई काठमार्डौंबाट गाउँ फर्काउन लागिएको गाउपालिकाको भनाइ छ । गाउँपालिकामा र्फकन चाहने स्थानीयले शुक्रबार बेलुका ४ बजेसम्म नाम टिपाइसक्नुपर्ने बताइएको छ । काठमाडौंमा रहेका खुम्बु क्षेत्रमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत प्लेनबाटै कार्यस्थलमा फर्काइने भएको छ । सम्बन्धित वडामार्फत सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
काठमाडौंमा रहेका सगरमाथा क्षेत्रका व्यक्तिले आफ्नो वडाका अध्यक्षलाई नाम टिपाएमा जहाज चढेर गाउँ र्फकन सक्ने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी