×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अहिलेको परिस्थितिमा नयाँ योजनाका लागि बजेट छुट्याउन सकिँदैन’ : राष्ट्र बैंक

LAXMI SUNRISE BANK

‘अहिलेको परिस्थितिमा नयाँ योजनाका लागि बजेट छुट्याउन सकिँदैन’ : राष्ट्र बैंक

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनाका लागि बजेट छुट्याउन नसकिने बताएको छ । हिजोका योजनाहरु अगाडि बढाउन अहिलेको स्रोत र सीमाहरु अपर्याप्त रहेकाले नयाँ योजनका लागि बजेट छुट्याउन सक्ने अवस्था नभएको राष्ट्र बैंकले बताएको छ ।
पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले भने, ‘‘नयाँ योजनाहरुका लागि थप प्लानिङ गर्नुपर्ने हुन्छ । हिजो तयार भएका योजनालाई पुनः प्राथमिकिकरण गर्नु पर्ने हुन्छ । ति सबै योजना हिजो सोचेजस्तै गरी अहिले टाइमलाइनमा जान समस्या नै छ ।’’
साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ । साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुर्नकर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले बताए । पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणिहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उनले बताए ।
सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पुर्याउने निर्णय सरकारले गरेको हो । पुर्नकर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालु पूँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी