×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० वर्षसम्म अमेरिकी बमबाट ध्वस्त देशले कोरोनालाई हरायो, जनजीवन सामान्य

LAXMI SUNRISE BANK

२० वर्षसम्म अमेरिकी बमबाट ध्वस्त देशले कोरोनालाई हरायो, जनजीवन सामान्य

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संसारको सब भन्दा शक्तिशाली देश अमेरिका कोरोना भाइरसको महामारीबाट हार्दै छ । तर, अमेरिकाले २० बर्षसम्म युद्ध लडेको देशले भने कोरोनालाई सहज तरिकाले परास्त गरेको छ । अमेरिकाले यो देशमाथि लाखौं टन बारूद बर्षाएको थियो । यो देश अमेरिकाभन्दा ३० गुणा सानो छ । यो देश भियतनाम हो । यसको कुल जनसंख्या ९ करोड ६० लाख छ । हरेक क्षेत्रमा कमजोर भियतनाममा कोरोना नियन्त्रण छ । त्यहाको जनजीवन सामान्य छ । 
यो जनवरीको अन्त्य हो जब भियतनाममा चंद्र वर्ष शुरु भएको थियो । त्यहि बेला एकै साथ भियतनाममा कोरोना भाइरसका दुईवटा घटनाहरू पुष्टि भएका थिए । भाइरस देखिपछि तुरुन्त भियतनाम सरकारले यो औषधि बनाउने कम्पनीहरु लाई सम्पर्क ग‍र्यो । 
भियतनाममा स्वास्थ्य उपकरण निर्माण गर्ने कम्पनी भियतनाम ए कर्पले सरकारलाई चाँडो भन्दा चाडो परीक्षण किट चाहिने सल्लाह दियो । र सरकारले यी कम्पनीलाई उक्त किट बनाउन निर्देशन समेत दियो । त्यो कम्पनीले रातदिन नभनि छिटो काम गर्न थाल्यौं।  भियतनामको सीमा चीनसँग जोडिएको छ। भियतनामको तुलनामा चीन धेरै धनी छ । तर, भियतनाममा जनवरीदेखि अहिलेसम्म २७० घटनाहरूमात्र आएका छन । तर, कुनै भियतनामीको ज्यान गएको छैन । 
भियतनामले चाँडै नै देशभरी कोरोना परिक्षणकोअनुसन्धान शुरु ग‍र्यो । देशभरी परिक्षण गर्दा विभिन्न स्थान जहाँबाट कोरोनाका केसहरू आए उनीहरू पूर्ण रूपमा एक अर्काबाट अलग राखियो । साथै, त्यसबेलासम्म देशमा सबै क्षेत्रमा लकडाउन भइसकेको थियो । 
भियतनामले तुरुन्त कोरोना भाइरसको नियन्त्रण लिन सफल हुनुमा कोरोनाको परिक्षणका लागि तत्कालै निर्णय गर्यो । यातायातको आवत जावतमा पुरै बन्देज गरियो। देशका विभिन्न स्थानमा क्वारेनटाइनको व्यबस्था गरियो । अप्रिल २६ सम्म, भियतनाममा २ लाख १३ लाखभन्दा बढी परीक्षणहरू गरिसकेका छन् । 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि किडोंग पार्कले भियतनाम सरकारले उपलब्ध गराएको तथ्यांक ठिक हो । उनले भने, यहाँको सरकारले लिएको छिटो निर्णय र खुला बजार नीतिका कारण कोरोना चाँडै नै नियन्त्रण भयो । एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी