×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नाघ्यो, संक्रमितको अवस्था यस्तो (अपडेट)

LAXMI SUNRISE BANK

विश्वभर कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नाघ्यो, संक्रमितको अवस्था यस्तो (अपडेट)

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ११२ छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि साढे ३३ लाख नाघेको छ । अहिलेसम्म विश्वभर ३३ लाख ८ हजार ५५५ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १० लाख ४२ हजार ९५३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले २० लाख ३१ हजार ४९० मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १२ लाख ७७ हजार ०६५ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ६४ हजार नजिक छ । यस्तै इटालीमा मृत्यु हुनेको संख्या २८ हजार नजिक छ भने स्पेनमा २४ हजार नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ । बेलायतमा अहिलेसम्म झन्डै २८ हजारले ज्यान गइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी