×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी दुई प्रविधि कम्पनी एप्पल र गुगल मिलेर कोभिड १९ ट्रेसिंग एप बनाउदै

LAXMI SUNRISE BANK

अमेरिकी दुई प्रविधि कम्पनी एप्पल र गुगल मिलेर कोभिड १९ ट्रेसिंग एप बनाउदै

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकी दुई प्रविधि कम्पनी एप्पल र गुगलले कोभिड १९ कन्ट्याक्ट ट्रेसिंग एप सम्बन्धी नयाँ घोषणा गरेका छन् । यी दुई कम्पनी मिलेर कोरोना भाइरसको ट्रेसिंग एप बनाउने घोषणा गरेका हुन । 
यो सुविधा अब चाँडै आईफोन र एन्ड्रोइडमा उपलब्ध हुने जनाएका छन् । अब एप्पलले आफ्नो मोबाइल आईओएस १३.५ बीटा भर्जनमा कोविड १९ एक्सपोजर सूचना गरेको छ। वास्तवमा, एप्पलले आईओएस १३.५ को बीटामा यो सुविधा हुने जारी गरेको छ । साथमा एक्सपोजर पनि जारी गरेको छ ।
एप्पल र गुगलले बनाएको यस कोविड १९को ट्रेसिंग एपले आइओएस १३.५ का साथमा आइफोन एक नयाँ फिचर समेत दिने छ । यस एप विकासकर्ताहरू र सार्वजनिक स्वास्थ्य सेवा निकायलाई उपलब्ध गराइदैछ ताकि यसलाई आवश्यकता अनुसार उनीहरुको प्रतिक्रियाको आधारमा सही र उत्कृष्ठ बनाउन सकियोस । 
यस बीटा संस्करणमा, कोविड १९ एक्सपोजर सूचना अन र अफ गर्ने अपसन विकल्प दिइएको छ । फोन प्रयोगकर्ताले आवश्यकता अनुसार यी स्विचहरु अन अफ गर्न मिलोस । एप विकासकर्ताहरूले यस्तो एप विकास गरेका छन जसको एपीआई मार्फत गुगुल र एप्पलले कन्ट्रयाक्ट ट्रेसींग गर्न सक्दछन् । तर, आम मानिससम्म यो फिचर कहिलेसम्म पुग्छ भन्ने जानकारी भने दिइएको छैनन । 
कोविड १९ एक्सपोजरले आईफोनको ब्लुटुथ प्रयोग गर्दछ जसले नजिकैका उपकरणहरूमा र्याण्डम आईडी पठाउँदछ । यदि तपाईं कोरोना बिरामीको सम्पर्कमा आएकाहरको बारेमा आधिकारिक एपले सूचना दिन्छ ।
प्रतिवेदनका अनुसार एप्पल र गुगल एप विकासकर्ताहरूको लागि कोविड १९ ट्रेसिंग एपसँग सम्बन्धित कोड कोड शुक्रवार प्रकाशित गर्ने छ । गुगलले प्ले सेवाको बीटा अपडेट पनि जारी गरेको छ । जस अन्तर्गत एन्ड्रोइड स्टुडियो विकासकर्ताहरूले एक्सपोजर सूचना सुविधा परीक्षण गर्न सक्षम हुनेछन् । यसका लागि एन्ड्रोइड स्मार्टफोनको पूर्ण सिष्टम अपडेट गर्न पर्दैन । नयाँ सुविधा एन्ड्रोइड ६.० भन्दामाथिका भर्जनमा चल्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी