×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ र्‍यापिड टेस्टिङ किट खरिद गर्ने सरकारको तयारी, प्रति किट ५ सय ६५ रुपैयाँ पर्ने

LAXMI SUNRISE BANK

नयाँ र्‍यापिड टेस्टिङ किट खरिद गर्ने सरकारको तयारी, प्रति किट ५ सय ६५ रुपैयाँ पर्ने

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को परीक्षणको लागि १ लाख थान नयाँ र्‍यापिड टेस्टिङ किट खरिद गर्ने तयारी गरिरहेको छ । अहिले प्रयोग गरिरहेको र्‍यापिड डाइग्नोस्टिक किटलाई परिवर्तन गरेर नयाँ किट ल्याउने तयारी गरेको हो । बुधबार (हिजो) स्वास्थ्य सेवा विभागले १ लाख थान नयाँ र्‍यापिड टेस्टिङ किट खरिदको लागि विद म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नयाँ आउने किटले आइजिएम र आइजिजी दुबै पत्ता लगाउने बताए। प्रयोगशालामै काम गर्ने एक स्वास्थ्यकर्मीले भने, ‘आइजिएम र आइजिजी नै छुट्याउने किट भयो भने संक्रमण पत्ता लगाउन सहज हुन्छ।’ आइजिएम र आइजिजी दुबै कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी हो । विज्ञहरूका अनुसार आइजिएम संक्रमण भएको पहिलो सातामै उत्पादन हुन्छ र दोस्रो सातासम्म हराएर जान्छ । त्यसपछि आइजिजी उत्पादन हुन सुरु गर्छ । आइजिजी शरीरमा भाइरस निको भएपछि पनि रहन सक्छ र यो आइजिएम भन्दा बलियो पनि हुन्छ। 
चीनबाट खरिद गरेर ल्याउने वित्तिकै किटको गुणस्तर जाँच गर्ने भनेर १ सय ९८ वटा नमूनाको पाइलट टेस्ट गरिए पनि त्यसको नतिजा सार्वजनिक गरिएको छैन । जसले गर्दा किटको गुणस्तरमा अन्यौलता उस्तै छ । ७५ हजार थान किटमध्ये ४५ हजार प्रयोग भइसकेका छन् ।
खरिद गर्न लागेको नयाँ किट यसअघि खरिद गरिएको किटभन्दा सस्तो पनि छ। एउटा किटमै झन्डै ४ सयको फरक छ। नयाँ खरिद गर्ने भनिएको किटको मूल्य प्रति किट ५ सय ६५ रुपैयाँ छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी