
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । कोरोना भाइरसले अहिले विश्वमा ३० लाख बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वभर यो भाइरसको संक्रमण २१३ मुलुकमा फैलिसकेको छ । तर अहिले विश्वका यस्ता देशहरु छन् जहाँ यो भाइरस पुग्न सकेको छैन वा भनौँ ती देशमा एकजना पनि संक्रमित फेला परेका छैनन् ।
विश्वका ३४ देश तथा स्थानहरुमा कोरोनाका एकजना संक्रमित देखिएका छैनन् । एकजना पनि संक्रमित फेला नपरेका देशहरुमा तजाकिस्तान, तुर्कमेनिस्तान, कोमोरोस, लेसोथोजस्ता देश छन् । त्यस्तै प्यासिफिको सानो टापु नाउरु, किरबती तथा सोलोमन टापुमा पनि यो भाइरसबाट एकजना पनि प्रभावित छैनन् ।
ल्याटिन अमेरिका र अफ्रिकामा गत जनवरी र फेब्रुअरीसम्म यो भाइरसको संक्रमण देखिएको थिएन । तर केही दिनभित्रै त्यहाँ तीव्रगतिमा यो भाइरसको संक्रमण फैलिन सुरु गर्यो । यस्तै पाँच देश यस्ता पनि छन् जहाँ कोरोना भाइरसको संक्रमण थामिएको छ। ती देशमा अंगिला, ग्रिनल्यान्ड, करेबियन आइल्यान्ड अफ सेन्ट बार्टस एन्ड सेन्ट लुसिया र यमन छन् ।
यदि कुनै देशमा एकजना पनि संक्रमित फेला परेका छैनन् भने त्यहाँ यो भाइरसको जोखिम नरहेको भन्न पनि मिल्दैन । जस्तै उत्तर कोरियाको दाबी छ कि त्यहाँ कोरोनाबाट कोही पनि संक्रमित भएका छैनन् । जब कि उसको ती छिमेकी मुलुक चीन, रुस र दक्षिण कोरियामा ठूलो संख्यामा कोरोना संक्रमण फेला परेका छन् । एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्