Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानमा संक्रमितको संख्या १५ हजार नाघ्यो, दिनमै आठ सय ७४ संक्रमित फेला

अर्थ सरोकार

बीरगञ्जमा थप ३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पाकिस्तानमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गइरहेको छ । पाकिस्तानमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ ।
त्यस्तै, अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन सय ४६ पुगेको छ ।अहिलेसम्म पाकिस्तानमा चार हजार ५२ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्तानमा मे ९ सम्म कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK