
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अलपत्र परेका महाकालीपारिका नेपाली नागरिकको उद्धार सुरु भएको छ । बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार(आज) बिहानबाट उद्धार सुरु गरिएको हो । भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार(आज ) बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।
उद्धार गरेर स्वदेश फर्काउन लागिएका भारतीय क्वोन्टाइनमा बसेका नेपालीहरु हुन् । क्वारेन्टाइनमा नबसेकाहरुलाई पनि यसैपटक स्वदेश फर्काउन लागिएको छ । भारतीय भूमिबाट स्वेदेश फर्किने उनीहरु सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यसपछि आरडीटी गरिने बताइएको छ । छिटो उद्धार गर्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा दबाव दिँदै आएका थिए ।
महाकालीपारि करिब २ हजार नेपाली उद्धारको पर्खाइमा छन् । दार्चुलापारि मात्रै एक हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । यताकैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपालीअलपत्र परेका छन् । क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्