
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अमेरिकामा दिनानुदिन मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अमेरिकामा अहिलेसम्म ज्यान जानेको संख्या ६१ हजार नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन् । साथै, २७ हजार पाँच सय ८६ जना नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा कुल संक्रमितमध्ये १ लाख ४७ हजार १ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिका पछि धेरै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ २७ हनार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्।
बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो।
बेलायतमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित रहेका छन्। स्पेनमा मृत्यु हुनेको संख्यामा केही कमी आएको छ। त्यहाँ विगत २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ।
फ्रान्समा २४ हजारको ज्यान गएको छ। त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ। अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ।
विश्वभरमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ। आज विहान सम्म विश्वमा ३२ लाख १९ हजार २ सय ३५ जनामा संक्रमण भेटिएको छ। २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गइसेको छ। त्यस्तै १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्