काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
यो प्रस्ताव आएसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । यसले कोरोनाको प्रकोप सकिएलगत्तै सरकार परिवर्तन हुने संकेत देखाएको छ ।