×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले अर्थतन्त्रका अधिकांश सूचकहरु ओरालो लाग्दै, नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

LAXMI SUNRISE BANK

कोरोनाले अर्थतन्त्रका अधिकांश सूचकहरु ओरालो लाग्दै, नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७६/७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर अर्थात एक लाख २६ हजार १८ रुपैयाँ पुग्ने भएको हो ।विभागले अमेरिकी डलरसँगको विनिमय दर ११६ रुपैयाँका दरले हिसाब गरेको छ। 
गत आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १०४७ डलर थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चिने तथ्यांक सार्वजनिक भएसंगै प्रतिव्यक्ति आयमासमेत यसको प्रभाव देखिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रका समग्र सूचकहरु ओरोलो लाग्ने क्रममा रहेका छन् । यस वर्ष विप्रेषण आयसमेत केही खुम्चने भएको छ । यस वर्ष सात खर्ब १६ अर्ब रुपैयाँ मात्र विप्रेषण आय हुने अनुमान गरिएको छ ।
यस्तै गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब रहेको छ भने कुल गार्हथ्य उत्पादन उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी