
काठमाडौं । अमेरिकामा कोरोना भाइरस नियन्त्रणको प्रयासलाई अमेरिकी अधिकारी र स्वास्थ्य विशेषज्ञहरुले भियतनाम युद्धसँग तुलना गर्दै आएका छन् । अहिले अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भियतनाम युद्धको भन्दा बढी पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट २० वर्ष चलेको भियतनाम युद्धभन्दा धेरैको मृत्यु भएको हो । भियतनाम युद्ध सन् १९५५ मा सुरु भएर १९७५ मा सकिएको थियो ।
अमेरिकाको तथ्यांक अनुसार भियतनाम युद्धको क्रममा ५८ हजार दुई सय २० जनाको मृत्यु भएको थियो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५८ हजार ३५५ पुगिसकेको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई अदृश्य शत्रुको संज्ञा दिँदै आफूहरु ठूलो युद्धको क्रममा रहेको बताएका थिए । अमेरिकामा पछिल्लो समय संक्रमित र मृत्यु हुनेको संख्यामा केही कमी आएको छ । विशेषज्ञहरुले भने अमेरिकाको खतरा भने अझै नटरेको बताएका छन् । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्