×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियाको भिक्टोरियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ११ सय डलर राहत !

LAXMI SUNRISE BANK

अष्ट्रेलियाको भिक्टोरियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ११ सय डलर राहत !

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले ११ सय डलरसम्म राहत पाउने भएका छन् । राज्यका जब मिनिष्टर मार्टिन पाकुलाले दिएको जानकारी अनुसार कोरोना भाइरसको कारण जागिर गुमाएर आर्थिक संकटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले ११ सय डलर पाउने भएका हुन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरुको सहयोगको लागि भिक्टोरिया राज्य सरकारले ४ करोड ५० लाख डलरको बजेट स्वीकृत गरिसकेको छ । गरेको छ । राज्यमा रहेका १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ४० हजार विद्यार्थीलाई राहत दिनको लागि बजेट स्वीकृत भएको हो ।
यो रकम एकै पटकमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई दिइन लागेको हो । मन्त्री पाकुलाका अनुसार राहत दिन लागिएको रकम जब सिकर पेमेन्टको दुई सातामा दिइने खर्च बराबर हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी