
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बढी मुल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने भएको छ ।
उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरेको थियो । उनलाई यसअघि ३ पटकसम्म म्याद थप गरी २२ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको थियो । उनी ३ हजार मूल्य पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दा गर्दै चैत २५ गते नक्सालबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई ६७ थानसहित पक्राउ गरेको थियो ।
उनमाथि कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्