Skip to content
LAXMI SUNRISE BANK

बीरगञ्जमा थप ३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीरगञ्जमा थप ३ जनामा कोरोना भाइरसको पोजेटिभ रिपार्ट आएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका सफाई कर्मचारीमा नतिजा पोजेटिभ आएपछि उनीहरुको यात्रा विवरण अनुसार गरिएको पिसिआर परीक्षणमा थप तीन जनामा पोजेटिभ नतिजा आएको हो । 
वीरगंज–२ छपकैयाका एक जना र जितपुर–सिमरा ११ का मस्जिदका २ जनाको पिसिआर पोजेटिभ देखिएको हो । हेटौँडाबाट उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याईएकोमा नतिजा पोजेटिभ नै आएको अस्पताल स्रोतले जनाएको छ । 
अहिले उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज ल्याईँदै छ । योसँगै नेपालमा कोरोना संक्रमितको ५७ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK