- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन सुरु गरेको छ । नगरपालिकाले महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालेको हो ।
नगरपालिकाले एक सुचना जारी गर्दै यस्तो बताएको हो । हालसम्म करिब १५ सय मानिस कारबाहीमा परेको नगपलिकाले जनाएको छ । नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी खटाएको छ ।
हेर्नुहोस् नगरपालिकाले जारी गरेको सुचना :