Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमित चितवनकी ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट यस्तो आयो…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – चितवनकी कोरोना भाइरस सङ्क्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पोजेटिभ नै आएको हो ।
उनलाई वैशाख ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको  भएर घर फर्किसकेका छन् । उनि अहिले भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । 
उनीहरु दुवै जना चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK