×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा २४ सय ७० को मृत्यु

LAXMI SUNRISE BANK

अमेरिकामा ज्यान गुमाउनेको संख्या ५९ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा २४ सय ७० को मृत्यु

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकामा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २४ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मंगलबार  मात्र २४ सय ७० को मृत्यु भएको छ । यससँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५९ हजार २ सय ६६ पुगेको छ ।
साथै, यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ । यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी