×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १८ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख १८ हजार १० रहेको छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि साढे ३१ लाख नाघेको छ । अहिलेसम्म विश्वभर ३१ लाख ३८ हजार ८९५ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ९ लाख ५६ हजार ७० जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १९ लाख ६४ हजार ८१५ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ११ लाख ७४ हजार ०८० जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ यस्तै इटालीमा मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ भने स्पेनमा २४ हजार नजिक छ । फ्रान्समामृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । बेलायतमा अहिले सम्म २१ हजार बढीको ज्यान गइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी