×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोनाको महामारी अन्त्य हुन अझै लामो समय लाग्छ’ : विश्व स्वास्थ्य संगठन

LAXMI SUNRISE BANK

‘कोरोनाको महामारी अन्त्य हुन अझै लामो समय लाग्छ’ : विश्व स्वास्थ्य संगठन

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ । सोमबार(हिजो) नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको उनको भनाइ छ ।
डब्लुएचओका प्रमुखले पछिल्लो समय अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र केही एसियाली मुलुकमा महामारी बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले यो महामारी अन्त्य गर्नुअघि लामो यात्रा तय गर्नुपर्ने र त्यसका लागि धेरै काम गर्नुपर्ने बताएका छन् । 
अहिले कोरोना भाइरसको महामारीको कारण विश्वभर बालबालिकाहरुलाई दिइँदै आएको खोपको कार्यक्रम पनि प्रभावित भएको डब्लुएचओका प्रमुख टेड्रोसले बताए । कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेको भए पनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको उनको भनाइ थियो ।
एक करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपहरुको समस्या भइरहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी