×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पक्राउ, यस्तो छ कारण !

LAXMI SUNRISE BANK

मध्यरातमा उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पक्राउ, यस्तो छ कारण !

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटी पक्राउ परेका छन् । बोगटीलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनलाई मध्यरातमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजेनै परिवारको जिम्मा लगाएको थियो ।
उनीविरुद्ध अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी