काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ । यस्तै उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।
क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड-१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ । निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।
सम्पर्क व्यक्तिः ज्ञानेन्द्र भुल,
उपप्रबन्धक, उडान अनुमति शाख सम्पर्क नंः ९८५११३५०९१ ।
यसैबीच हवाई सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ । अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।
सङ्घले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको सङ्घले जनाएको छ । कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध सङ्घले गरेको छ । यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस सङ्घ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ ।
कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नं १. अल्टिच्युड एयर प्रालि (९८०१२४९९१७, ९८०१२४९९०७, ०१-४४८९३००)
२. हेली एभरेष्ट प्रालि ९९८४१५५७५०९, ९८१३२४०१३९, ०१-४११३०३६०
३. कैलाश हेलिकोप्टर प्रालि ९९८५१०३००१३, ९८५११२९२५४, ०१-५९००५०१०
४. मनाङ एयर प्रालि ९९८०११८०४६२, ९८०११८०४६३, ०१-४४८८०१६०
५. श्री एयरलाइन्स प्रालि ९९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५०
६. सिम्रिक एयर प्रालि ९९८५१०१०६९६, ९८५१०१०६९८, ०१-४१५५३४०० गुनासो तथा अन्य जानकारीका लागि (सम्पर्क व्यक्ति) सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ । रासस