बैतडी – लकडाउनका कारण रोकिएको खोप सेवा बैतडीमा पनि सुरु भएको छ । स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरु गर्ने परिपत्र गरेसँगै जिल्लामा नियमित खोप सेवा शुरु भएको हो । बालबालिकालाई जन्मेदेखि १५ महिनासम्म दिइने विभिन्न खोप तालिका अनुसार दिने कार्य शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो । बैतडीमा ३३१ खोपकेन्द्रबाट खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बालबालिकाहरुलाई जन्मेदेखि १५ महिनाभित्र विभिन्न रोगविरुद्ध ११ प्रकारका खोप दिइन्छ । बालबालिकालाई बिसिजी, डिपिटी, दादुरा–रुबेला, एफआइपिभी, पोलियो, जापनिज इन्सेफलाइट्सि र पिसीभी खोप १५ महिनाभित्र दिने गरिन्छ । यी खोपले बालबालिकालाई विभिन्न रोग लाग्नबाट बचाउने गर्दछ ।
लकडाउनको समयमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गर्भवती महिलालाई लगाइने टिडी खोप पनि सञ्चालन भएको खोप सुपरभाइजर निरीक्षक भट्टको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्