×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : थानकोटमा रोकिएकाहरुलाई विराटनगर नै फर्काउने निर्णय !

LAXMI SUNRISE BANK

अन्तत : थानकोटमा रोकिएकाहरुलाई विराटनगर नै फर्काउने निर्णय !

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । बसमा यात्रु लिएर आएका सवारी साधनलाई उतै फर्काउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले विरामी बाहेकलाई अन्यलाई काठमाडौँ छिर्न नदिइने बताए । 
विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो । तर प्रहरीले थानकोटमै रोकेको छ ।
विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन्  । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरिसकेको गृह मन्त्रालयका प्रवक्ता केदार शर्माले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी