×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनको प्रभाव : विश्वमा तेलको मागभन्दा भण्डारण बढी

LAXMI SUNRISE BANK

कोरोनको प्रभाव : विश्वमा तेलको मागभन्दा भण्डारण बढी

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सोमबार(आज) कच्चा तेलको मूल्यमा आएको गिरावटबाट यो संकेत प्रस्ट मिल्छ कि विश्वमा तेल भण्डारण तीव्रगतिमा बढिरहेको छ। कोरोना भाइरसबाट उत्पन्न संकटका कारण माग आएको गिरावट कम भए पनि उत्पादनमा तीव्र ह्रास नआउँदा चिन्ताको विषय बनेको छ।
कच्चा तेलको भण्डारण अमेरिकामा अप्रिल १७ सम्म बढेर ५१८.६ मिलियन ब्यारल भइसकेको छ । जुन अहिलेसम्मकै उच्च भण्डारण हो । यसअघि सन् २०१७ मा अमेरिकामा ५३.५ करोड ब्यारल भण्डारण भएको थियो । जुन अहिलेसम्मकै उच्च थियो । जब अस्थायी कच्चा तेलको भण्डार अहिलेसम्म सबैभन्दा उच्चस्तरमा १६ करोड ब्यारल पुगिसकेको छ।
अमेरिकाको पश्चिममा टेक्सासस्थित मध्यवर्ती तेल उत्पादन क्षेत्रको कारोबारमा १.२२ अर्थात ७.२ प्रतिशतको गिरावट आएर प्रतिब्यारल १५.७२ रुपैयाँमा झरेको छ। जब कि ब्रेन्ट कच्चा तेलको मूल्यमा ३३ सेन्ट अर्थात १.५ प्रतिशतको गिरावट आएर प्रतिब्यारल २१.११ डलर भएको छ। तेल बजारमा यो लगातार तीन सातादेखि नोक्सानी भइरहेको छ।
एएनजेडका विश्लेषकहरुका अनुसार बढ्दो इन्भेन्ट्री र कमजोर बन्दै गएको मागले बजारमा व्यापक असर गरिरहेको छ। गत साता व्यापार निकै अस्थिर रह्यो किनकि माग लगाइएको प्रतिबन्धका कारण ३० प्रतिशतसम्म गिरावट आयो। कारोबारीहरुका अनुसार कोरोना महामारीको असरका कारण आउने महिनामा माग र आपूर्तिमा कमी हुने पक्का छ।
तेल कम्पनीहरु एक्जोन मोबिल, बीपी पीएलसी र रोयल डच शेलको नतिजामा अहिले लगानीकर्ताहरुको नजर गाडिएको छ। उत्पादित तेलको मूल्य सम्हाल्नका लागि तुरुन्तै वा फेरि व्यापक तेल उत्पादन कटौती हुने छैन। विशेषगरी जब विश्व अर्थव्यवस्थामा यो वर्ष २ प्रतिशतको कमी आउने आशा गरिएको छ। यो वित्तीय संकटभन्दा धेरै खराब स्थिति हो । बेकर ह्युजेसको आँकडाअनुसार अमेरिकामा रिगको संख्या सन् २०१६ को जुलाईपछि अहिले सबैभन्दा कम हो। त्यहीँ क्यानडामा तेल र ग्यासको रिगहरुको संख्या सन् २००० पछि सबैभन्दा कम भइसकेको छ।
कुवेत र अरेबियन जहाँ तेल उत्पादन कटौतीमा विचार भइरहेको छ, त्यहीँ रुसले आफ्नो समुद्री निर्यातमा मेसम्म आधा कटौती गर्न गइरहेको छ। पेट्रोलियम निर्यातक देशहरुको संगठन र तिनका सहयोगी राष्ट्रहरु जसमा रुस पनि सहभागी छ, उनीहरुलाई ओपेक प्लस भनिन्छ। यो संगठनले मे र जुन महिना प्रतिदिन ९७ लाख ब्यारलको अप्रत्याशित तेल उत्पादन कटौती गर्ने विषयमा सम्झौता गरेका थिए। – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी