- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्तावको पक्षमा ९३ मत परेपछि उनि स्वत: पदमुक्त भएका हुन् । प्रधानमन्त्री पदमा रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् ।