
अर्थ सरोकार सम्बाददाता
डोटी । डोटीका नौवटै स्थानीय तहले कोरोनाको विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान गर्न लागिएको बताइएको छ । स्थानीय तहका कर्मचारीलाई जोखिम भत्तासहित बीमा सेवा सुविधा दिने निर्णय गर्दै सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्ध आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह गरिएको छ ।
स्थानीय तहले कर्मचारीका लागि तलब स्केलको ४० देखि ६० प्रतिशतसम्म सो भत्ता दिने निर्णय गरेका छन् । गत चैत १५ गतेदेखि लागू हुने गरी हेल्थ डेस्कमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, क्वारेन्टाइनमा खटिने कर्मचारी तथा अनुगमनमा खटिएका कर्मचारीलाई तलबको ६० प्रतिशत सुविधा थप दिने निर्णय भएको छ ।
त्यसैगरी कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको ज्यान गएमा उनका घरपरिवारलाई रु पाँच लाख बीमा दिइने भएको छ । यसबाहेक स्वास्थ्यचौकीमा खटिएका कर्मचारीलाई शुरुवाती तलबको ४० प्रतिशत सुविधा थप दिने निर्णय भएको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजु खड्काले जानकारी दिए ।
कोरोना जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसबाट प्रभावित क्षेत्रका स्थानीयवासीका लागि राहत सुविधा प्रदान गर्न ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी नमूना मापदण्ड–२०७६’ पनि स्थानीय तहले पारित गरेका छन् । यसका साथै कोरोना भाइरसको सामना गर्न सबै स्थानीय तहमा रहेका जनशक्तिलाई तयारी अवस्थामा रहन र आवश्यक परेको बेला उपस्थित हुनुपर्ने निर्णय गरिएको दीपायल सिलगढी नगरपालिकाले जनाएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्